वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरमा आफ्नो जित सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेनले मतदाताहरूलाई धन्यवाद दिएका छन् । उनले यस परिणामलाई जित–हारका रूपमा नलिन आह्वानसमेत गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले सो आह्वान गरेका हुन् । अहिलेको जित–हारलाई मतगणना सकिएसँगै बिर्सिदिन भन्दै उनले घोषणा पत्रमा भएका कुराहरू लागू गर्न सकेका दिनमात्रै विजयउत्सव मनाउने बताएका छन् ।
उनले ठाउँठाउँबाट र्यालीका लागि काठमाडौं आउने सुनिएको भन्दै त्यस्तो दु:ख नगर्न आग्रह गरेका छन् । हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिने आफूहरू खुसी हुने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij