Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नेपालमा दश महिनामा १ खर्बबढीको कच्चा तेल आयात

नेपालमा दश महिनामा १ खर्बबढीको कच्चा तेल आयात

  • 475
    SHARES
  • नेपालमा दश महिनामा १ खर्बबढीको कच्चा तेल आयात

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४ हजार रूपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ ।

    २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात भएको भन्सार विभागले जनाएको छ । विभागकाअनुसार सो अवधिमा उक्त मूल्यमा ६५ करोड ९० लाख ९१ हजार ७० लीटर कच्चा भटमास, पाम र सनफ्लावर तेल नेपाल भित्रिएको छ ।

    पछिल्लो दश महिनामा ४९ अर्ब ४१ करोड २ लाख ३५ हजार रूपैयाँको कच्चा भटमास तेल, ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रूपैयाँको कच्चा पाम तेल र १७ अर्ब ३८ करोड ३४ लाख ४३ हजार रूपैयाँको कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको छ ।

    अर्जेन्टिना, ब्राजिल, इजिप्ट, इटाली, पराग्वे, रूस, युक्रेन, उरूग्वे, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स गरी ११ देशबाट कच्चा भटमास, पाम र सनफ्लावर तेल आउने गरेको छ । बितेका दश महिनामा अर्जेन्टिनाबाट मात्र ३२ अर्ब ६६ करोड ४७ लाख १४ हजार रूपैयाँको कच्चा भटमास तेल र ४६ करोड ३९ लाख ९९ हजार रूपैयाँको कच्चा सनफ्लावर तेल नेपाल आएको छ ।

    सोही अवधिमा इन्डोनेसियाबाट २८ अर्ब २९ करोड ८९ लाख ७५ हजार रूपैयाँको कच्चा पाम तेल, युक्रेनबाट १५ अर्ब २१ करोड ६३ लाख ८५ हजार रूपैयाँका कच्चा भटमास र सनफ्लावर तेल, ब्राजिलबाट १० अर्ब ९ करोड ८५ लाख ३० हजार रूपैयाँको कच्चा भटमास तेल र मलेसियाबाट ६ अर्ब ३३ करोड १२ लाख ८१ हजार रूपैयाँको कच्चा पाम तेल नेपालले आयात गरेको छ ।

    नेपालले विभिन्न देशबाट कच्चा तेल ल्याई त्यसलाई प्रशोधन गरी भारतमा पठाउने गरेको छ । चालु आर्थिक वर्षको दश महिनामा नेपालले ८७ अर्ब ५९ करोड ८४ लाख १ हजार रूपैयाँको प्रशोधित भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij