Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

तुलसीपुर उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

तुलसीपुर उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

  • 415
    SHARES
  • तुलसीपुर उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

    दाङ । तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन्।

    खड्काले निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । खड्काले ३१ हजार ४०८ मत प्राप्त गर्दा गिरीले २७ हजार ७१७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले बताए ।

    यस्तै, उपप्रमुखमा चौधरी निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मत पछि पार्दै विजयी भइकी हुन् । चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गरेका हुन् ।

    तुलसीपुर उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा १ लाख १ हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij