वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कै नेता तथा कार्यकर्ताका कारण बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा एमालले हार व्यहोर्नुपरेको बताएका छन् ।
बुधबार बानेश्वरस्थित संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै नेता तथा कार्यकर्ताले अन्तरघार गरेका कारण एमाले पराजित भएको बताएका हुन् ।
उनले भने, ‘अरू पार्टीका कारण होइन यसपटक एमालेभित्रै अन्तरघात भयो । यस विषयमा बृहत् रूपमा समीक्षा गरिनुपर्छ ।’
अघिल्लो पटक (२०७४) को स्थानीय निर्वाचनमा पहिलो भएको नेकपा एमाले यसपटक दोस्रो भएको छ । स्थानीय निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij