वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण कुनै पनि स्थानमा मतदान स्थगित नभएको बताएका छन् । आर्थिक वर्ष २०७९/०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्ना धारणा राख्दै उक्त कुरा बताएका हुन् ।
सत्तापक्षका गठबन्धन दलले एमालेलाई सिध्याउने घोषणासहित चुनावमा गएको उनको ओरोप छ । विभिन्न ठाउँमा मतदाताको हत्या गर्नेदेखि अंगभंग गर्नेसम्मका काम यो निर्वाचनमा भएकाले चुनाव भयरहित नभएको उनका भनाइ छ ।
निर्वाचनलाई भयरहित बनाउने काम सत्तापक्ष दलको भएपनि उक्त कुरामा सरकार चुकेको उनको भनाइ छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij