वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को मत ६० हजार नजिक पुगेको छ । महानगरका केही वडाको मत मात्र गन्न बाँकी हुँदा बालेनले ५९ हजार १ सय ४९ मत प्राप्त गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाएकी छिन् । एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानका लागि सिर्जना र स्थापितबीच प्रतिस्पर्धा देखिएको छ ।
उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाएकी छिन् । उनले अहिलेसम्म ६६ हजार ८ सय ७८ मत गरेकी छिन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ २३ हजार ३१ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
अहिले वडा नम्बर १४, १५ र १६ को गणना चलिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij