वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलको सरकारले जनतलाई चर्काे मूल्यवृद्धिको मारमा पारेको बताएका छन् । सबै क्षेत्रलाई प्रभाव पार्ने पेट्रोलिमय पदार्थ मूल्य सातामा दुईपटक वृद्धि गरेर सरकारले जनतालाई मर्कामा पारेको उनको भनाइ छ ।
बिहीबार संघीय सांसद् भवनमा आर्थिक वर्ष २०७९/०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्ना धारणा राख्दै उक्त कुरा बताएका हुन् ।
उनले १५–१५ दिनमा मूल्यवृद्धि समायोजन गर्ने सरकारको नीति कहाँ गयो ? भन्दै सदनमा प्रश्न गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij