Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गठबन्धन सरकारले नेपाली अर्थतन्त्रलाई तहसनहस बनायो : केपी ओली

गठबन्धन सरकारले नेपाली अर्थतन्त्रलाई तहसनहस बनायो : केपी ओली

  • 325
    SHARES
  • गठबन्धन सरकारले नेपाली अर्थतन्त्रलाई तहसनहस बनायो : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले नेपाली अर्थतन्त्रलाई तहसनहस बनाएको आरोप लगाएका छन् । 

    बिहीबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले भने, ‘अहिले यो गठबन्धनको सरकारले नेपाली अर्थतन्त्रलाई तहसनहस बनाएको छ, यो दुनियाँलाई थाहा छ । मूल्यवृद्धि अकाशिएको छ, बेरोजगार बढेको छ, व्यापारघाटा चुलिएको छ । अर्थतन्त्र सञ्चालनको सम्बन्धमा गठबन्धन सरकारको अराजक व्यवहारको कारणले मौद्रिक तरलताले गम्भीर रुप लिएको छ । लगानीको क्षेत्र ग्रस्त छ ।’

    कांग्रेसको शासन, शसस्त्र द्वन्द्व, भूकम्प र नाकाबन्दीबाट आक्रान्त अर्थ व्यवस्थालाई नेकपा एमालेका सरकारका नीतिहरुले केही उत्साहजनक रुपमा सवलीकृत गरेको दावी गर्दै अत्यावश्यक वस्तुको आयातमा गम्भीर प्रकृतिका असर पर्ने गरी मुद्रा सञ्चिती कम भएकोमा उनले चिन्ता व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij