Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सरकारलाई ओलीको प्रश्न– भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हान्दिने जनतालाई ?

सरकारलाई ओलीको प्रश्न– भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हान्दिने जनतालाई ?

  • 471
    SHARES
  • सरकारलाई ओलीको प्रश्न– भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हान्दिने जनतालाई ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले मूल्यवृद्धि गरेर जनतालाई धोका दिएको बताएका छन् । 

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथि बोल्दै ओलीले पेट्रोलियम पदार्थमा विधिअनुसार मूल्य समायोजन नगरी चुनाव सकिएपछि हप्तामै दुई पटक मूल्यवृद्धि गरिएको बताए ।

    ‘मूल्य समायोजनको नीतिको सट्टा यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०–१० रूपैयाँका दरले मूल्यवृद्धि गरिन्छ । एक हप्तामा दुई पटक, १ गते र ९ गते । एक हप्ताभित्र २ पल्ट मूल्यवृद्धि गरिन्छ’ उनले व्यंग्यात्मक शैलीमा सोधे, ‘१५–१५ दिनमा मूल्य समायोजन गर्ने नीति कहाँ गयो ? यो त जनतालाई धोका दिएको भयो । ३० गते भोट खसालुन्जेलसम्म चुप्प लागेर बस्ने, भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हान्दिने जनतालाई ? त्यो पनि फेरि एक हप्ता नपुग्दै अर्को डण्डाले हान्दिने ?’

    पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले हरेक क्षेत्रमा असर गर्ने ओलीको भनाइ थियो । उनले भने, ‘प्रतिलिटर पेट्रोलियम पदार्थमा हप्तामा २० रुपैयाँले वद्धि भएपछि ढुवानीलगायत सम्पूर्ण वस्तुमा असर पर्ने भयो । हरेक वस्तुको मूल्य तद्अनुसार नै हुने भयो ।’ 

    मूल्यवृद्धमा वर्तमान सरकारले नकरात्मक कीर्तिमान कायम गरेको ओलीको भनाइ थियो । 

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij