Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ईपीजी प्रतिवेदन बुझ्न ओलीको आग्रह 

ईपीजी प्रतिवेदन बुझ्न ओलीको आग्रह 

  • 461
    SHARES
  • ईपीजी प्रतिवेदन बुझ्न ओलीको आग्रह 

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भारतले गठन गरेको प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले बनाएको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

    प्रतिवेदन बुझेर यसका अन्तरवस्तु संसदलाई जानकारी गराउन उनले सुझाव दिए ।

    संसदमा आज भाषण गर्दै ओलीले भने, ‘नेपाल र भारतका दुई प्रधानमन्त्रीले औपचारिक वार्तामा बसेर गठन गरेको इपिजी समूहले दुईपक्षीय सहमतिमा बनाएर दुई वर्षभन्दा बढी काम गरेर बनाएको रिपोर्ट बुझे बुझाएको छैन । के भनियो भने भारतले बुझेन । म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, एउटा प्रधानमन्त्रीले पहिले बुझ्नुपर्‍यो नि ? नेपालले किन बुझ्दैन ? प्रधानमन्त्रीज्यू ईपीजी प्रतिवेदन बुझेर सदनलाई जानकारी गराउनुस् ।’

     

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij