Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

काठमाडौं महानगर-१५ को अध्यक्षमा एकीकृत समाजवादीका डंगोल निर्वाचित

काठमाडौं महानगर-१५ को अध्यक्षमा एकीकृत समाजवादीका डंगोल निर्वाचित

  • 425
    SHARES
  • काठमाडौं महानगर-१५ को अध्यक्षमा एकीकृत समाजवादीका डंगोल निर्वाचित

    काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १५ को वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित भएका छन् ।

    गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा डंगोल ३ हजार ४७६ मत प्राप्त गरि दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । 
    उनी यसअघि पनि सोही वडाको अध्यक्षमा निर्वाचित भएका थिए ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डंगोलले १ हजार ५७२ मत प्राप्त गरेर पराजित भएका छन् । यस्तै चार सदस्यमा पनि नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

    वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार निर्वाचित भएका छन् । डंगोल वडा अध्यक्षमा निर्वाचित भएसँगै एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकामा एक वडाध्यक्ष जितेको छ ।

    काठमाडौं-१५ मा माल्चाटार, स्वयम्भू, गीतामाता, विजेश्वरी, शोभाभगवतीलगायतका क्षेत्र पर्दछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij