Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु : बालेन

काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु : बालेन

  • 368
    SHARES
  • काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु : बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले महानगरपालिकालाई विश्वको नमुना सहर बनाउने प्रतिबद्धता जनाएका छन् । मेयरमा निर्वाचित भएपछि उनले पत्रकारहरूसँग कुराकानी गर्दै महानगरलाई नमुना सहरको रूपमा विकास गर्ने बताएका हुन् ।

    साहले राष्ट्रियसभा गृहदेखी तीनकुनेसम्मको क्षेत्रफलमा विजय र्याली सुरु गरेका छन । विजय र्याली तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन् ।

    राष्ट्रियसभाबाट सुरु भएको विजय र्यालीमा उनका समर्थकहरूले सहभागीता जनाएका छन् । नेकपा  एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij