Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

बालेनलाई बधाई दिँदै स्थापितले भने- हरेक मतकाे सम्मान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु

बालेनलाई बधाई दिँदै स्थापितले भने- हरेक मतकाे सम्मान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु

  • 314
    SHARES
  • बालेनलाई बधाई दिँदै स्थापितले भने- हरेक मतकाे सम्मान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु

    काठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान बालेनलाई मेयरमा निर्वाचित भएको घोषणा गरेपछि स्थापितले बधाई दिँदै आफूलाई अवसर दिने एमालेप्रति आभार व्यक्त गरेका हुन् ।

    आफू पटक-पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति भएकाले लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रूपमा लिएको बताए ।

    शुक्रबार स्थापितद्वारा जारी विज्ञप्ति  भनिएको छ, ‘काठमाडौं म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’

    पाँच वर्षे कार्यकालमा बालेनको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्ने अपेक्षा पनि लिएको स्थापितले बताएका छन् । जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न नसके पनि यहाँको विकास र यहाँको समृद्धिप्रतिको आकांक्षा अलिकति पनि नधर्मराएको उनको भनाइ छ ।

    निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौं महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । उनले भनेका छन्र्, काठमाडौं महानगरवासीले तपाईमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij