वेबटिभी खबर
काठमाडौं । डोटीको सायल गाउँपालिका-१ तेल्परामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सायलबाट दिपायलतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३३४ नम्बरको जीप बिहान साढे १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।
घाइते भएका सबैलाई उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ । घाइतेमध्ये कञ्चनपुरको शुक्लाफाटा नगरपालिका बस्ने ५० वर्षीया धारू सुनारको अवस्था गम्भीर रहेको प्रशरीले जनाएकाे छ । जीप चालकलाई इलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij