Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा

विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा

  • 630
    SHARES
  • विप्लव नेतृत्वको नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि सुरु भएको छ । उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द (विप्लव)को अध्यक्षतामा केन्द्रीय समितिको १३औं पूर्ण विस्तारित बैठक बसेको हो ।

    बिहीबारदेखि सुरु बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेस गरेका छन् । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरू र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति  छ ।

    बैठकमा शुक्रबारदेखि राजनीतिक प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रस्ताव माथि ५८ जना केन्द्रीय सदस्य र २ जना सल्लाहकार समिति सदस्यहरूले धारणा राख्नेछन् ।

  • सम्बन्धित विषय:

  • # विप्लव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij