वेबटिभी खबर
काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।
आज बसेको डीसीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिस गर्ने निर्णय गरेको हो ।
स्थानीय तहका प्रतिनिधि, उद्योगी व्यवसायी,राजनीतिक दलहरुबीच भएको छलफलपछि निषेधाज्ञाको सिफारिस गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij