Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अन्तरजातिय विवाह गरेको भन्दै गाली गरेपछि बुवा-आमाको हत्या

अन्तरजातिय विवाह गरेको भन्दै गाली गरेपछि बुवा-आमाको हत्या

  • 610
    SHARES
  • अन्तरजातिय विवाह गरेको भन्दै गाली गरेपछि बुवा-आमाको हत्या

    काठमाडौं । गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ का बिर्खबहादुर र उनकी श्रीमती फिपरानी लिम्बु मृत अवस्थामा भेटिए । उनीहरूको उनकै छोरो हत्या २६ वर्षीय ऐतराज लिम्बुले गरेका हुन् । ऐतराजले अन्तरजातिय विवाह गरेपछि उनका बुवा-आमा उनीदेखि रूष्ट बनेका थिए ।

    फरक जातको केटीसँग विवाह गरेको भन्दै गाली गर्ने बुहारीले पकाएको खाना नखाने गरेपछि विवाद बढेको र आवेगमा आएर ऐतराजले खुकुरी प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीकाअनुसार ऐतराजले पहिले पनि बुबा-आमासँग विवाद झगडा गरि बुबा–आमालाई काट्ने मार्नेजस्ता धाकधम्की दिने गरेका थिए । बुवा-आमाको चाहना कान्छा छोरा ऐतराजको बिहे लिम्बु जातिकै युवतीसँग होस् भन्ने थियो । तर, उनले राई जातिकी देवीकासँग गत चैतमा बिहे गरेपछि बुबा बिर्खबहादुर र आमा फिपरानी बेखुस थिए ।

    उनीहरूले बुहारी देवीकाले पकाएको खाना खान नमान्‍ने, आफूलाई पनि हेलासँगै गाली गर्ने गरेको ऐतराजले प्रहरीसामु बताएका छन् । २२ वैशाखमा मादक पदार्थ सेवन गरेर मातेको र आफू लाब्जेनमा भेडा चराएर आउँदा फेरि अन्तरजातीय विवाह गरेको भन्दै गाली गरेको ऐतराजले प्रहरीसामु बयान दिएका छन् ।

    गाली गरेपछि आफू सुङ्गुरलाई चारो टिप्‍न गर्ई घर आएको र त्यसबेला पनि गाली गर्न नछाडेपछि विवाद हुँदा कम्मरमा भिरेको खुकुरी निकालेर गर्धनमा प्रहार गरेको ऐतराजको प्रहरीका बयानमा बताएका छन् ।

    बिर्खबहादुरलाई गर्धनमा प्रहार गर्ने बित्तिकै आमा फिपरानी पनि ‘बुबालाई तैँले मारिस्, मलाई पनि मार’ भन्दै आएकाले रिसको आवेगमा आमालाई पनि गर्धनमै खुकुरी प्रहार गरि हत्या गरेको बयानमा उल्लेख छ ।

    हत्या आरोपी ऐतराजविरूद्ध जिल्ला अदालत ताप्लेजुङमा कर्तब्य ज्यान मुद्दा दर्ता छ । सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता–२०७४ को दफा १७७ (२) अनुसार जन्मकैदको सजाय माग दाबी गरेको जिल्ला न्यायाधिवक्ता पुष्पराज बाँस्तोलाले जनाएका छन् ।
     

  • सम्बन्धित विषय:

  • # हत्या

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij