Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

काठमाडौं र धरानले पार्टीलाई सजग बनाएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं र धरानले पार्टीलाई सजग बनाएको छ : अध्यक्ष प्रचण्ड

  • 434
    SHARES
  • काठमाडौं र धरानले पार्टीलाई सजग बनाएको छ : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मतदाताले पार्टीलाई सजग बनाएको बताएका छन् ।

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई जिताएर त्यहाँका उम्मेदवारले पार्टीलाई सजग बनाउनुको साथै चुनौती पनि दिएको उनको भनाइ छ ।

    अध्यक्ष ‘प्रचण्डले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानउपमहानगरका मेयर हर्क साम्पाङलाई संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फुलेका दुई फूलको संज्ञा दिएका छन् ।

    दुवै फूलरूपी मेयरलाई प्रचण्डले बधाई दिँदै काठमाडौं र धरानवासी मतदातालाई धन्यवादसमेत ज्ञापन गरेका हुन् । उनले दुवै मेयरलाई जनताको भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने, दलहरूलाई समदूरीमा राख्दै सबैको सहयोग जुटाउन र शक्ति केन्द्रको प्रभावमा नपर्न सुझाव पनि दिएका छन् ।

    संसद्‍मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै प्रचण्डले दुई मेयर निर्वाचित हुनुलाई जनताले दलहरूलाई सच्चिन, कमिकजोरी सुधार्न, आत्मलोचना गर्न र उम्मेदवार छनोटमा ध्यान दिन सन्देश दिएको रूपमा बुझिनुपर्ने बताए ।

    उनले स्वतन्त्र उम्मेदवारहरूको निर्वाचनले दलहरूलाई चुनौती भन्दा पनि सावधानी अपनाउनतर्फ सचेत तुल्याएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij