Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बस र एम्बुलेन्स सहयोग

बस र एम्बुलेन्स सहयोग

  • 407
    SHARES
  • बस र एम्बुलेन्स सहयोग

    काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ छोन्हुपमा रहेको श्रीपाल एवम् नाम्ग्याल मोनोस्टिक गुम्बा (विद्यालय)लाई बस उपलब्ध गराएको छ ।

    उक्त गुम्बामा १४ कोठे भवन निर्माण गरिदिएको दूतावासले मुस्ताङको घरपझोङ गाउँपालिकालाई एक थान एम्बुलेन्स पनि उपलब्ध गराएको छ ।

    नेपालका लागि भारतका कार्यवाहक राजदूत नाग्या सि खाम्पाले शुक्रबार छोन्हुपमा गुम्बा उद्घाटन गर्नाका साथै बस र एम्बुलेन्स हस्तान्तरण गरेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए ।

    तत्कालीन जिल्ला विकास समितिले २०६८ मा ठेक्का दिएको उक्त गुम्बा निर्माण हुन ११ वर्ष लागेको थियो । जिल्ला समन्वय समितिका अधिकृत शिवकुमार पौडेलले पुरानो ठेकेदारले काम नगरेपछि सो ठेक्का रद्द गरेर अर्को ठेक्कामार्फत भवन निर्माणलाई पूर्णता दिइएको बताए ।

    गुम्बालगायतको संरचना निर्माणमा करिब ७ करोड खर्च भएको उनको भनाइ छ । सुविधा सम्पन्न भवन निर्माण र बसको व्यवस्थाले गुम्बामा पढ्ने विद्यार्थीलाई आवतजावतमा सहज भएको छ ।

    कार्यवाहक राजदूत खम्पाले मुस्ताङमा गुम्बा, तीर्थयात्री निवासलगायत संरचना निर्माणमा दूतावासमार्फत भारत सरकारले सहयोग गरिरहेको र यसबाट मुस्ताङको विकासमा सहयोग पुग्ने अपेक्षा गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij