Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

  • 393
    SHARES
  • ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।

    निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा ७ र गाउँपालिका अध्यक्षमा ६ जना निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।

    काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७, जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहसुडीले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१ र धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजयी भएका छन् ।

    स्वतन्त्र उम्मेदवार उपप्रमुख २ र उपाध्यक्ष २, वडाध्यक्ष १३६ निर्वाचित भए । तीमध्ये १३३ पुरुष र तीन महिला उम्मेदवार छन् । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित भएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij