Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

हरिजन मृत्यु घटनाकाे छानविन गर्न समिति गठन

हरिजन मृत्यु घटनाकाे छानविन गर्न समिति गठन

  • 407
    SHARES
  • हरिजन मृत्यु घटनाकाे छानविन गर्न समिति गठन

    काठमाडौं । गृह मन्त्रालयले रोल्पा कारागारमा बन्दी सुन्दर हरिजनले झुन्डिएर आत्महत्या गरेको घटनाबारे छानविन गर्न कार्यदल गठन गरेको छ ।

    हरिजनको मृत्युबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ ।

    समितिलाई घट्ना सम्बन्धमा स्थलगत रूपमासमेत अध्ययन अनुसन्‍धान गरि १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । गृह मन्त्रालयले समितिको प्रतिवेदन प्राप्त भएपछि घटनाबारे सत्यतथ्य उजागर हुने जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने बताए ।

    big.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij