वेबटिभी खबर
महोत्तरी । महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दै गएकाे पाइएको छ । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा जिल्लामा एचआईभी संक्रमितको संख्या बढेको पाइएको हो ।
एआरटी सेन्टर महोत्तरीका अनुसार २०७२ देखि अहिलेसम्म ४१० जनामा एचआईभी पोजिटिभ पुष्टि भएको छ । ४१० जनामध्ये ३१० जना सक्रिय संक्रमित छन् । यो संख्या एआरटी सेन्टरमा आउनेहरूको मात्र हो ।
धेरैजसोले रोग लुकाउने भएका कारण महोत्तरीमा सयौं संख्यामा एचआईभी संक्रमित हुन सक्ने महोत्तरीस्थित स्वास्थ्यकर्मीहरूको अनुमान छ । २०७८मा ६९ जनामा संक्रमित भएका छन् ।
अहिलेसम्म १२३ जना महिला र १७७ जना पुरूषमा संक्रमण देखिएको एआरटी सेन्टर जलेश्वरले जनाएको छ । यो महिनामा मात्र एचआईभी सम्बन्धित मिल्दोजुल्दो लक्षण देखिएका २९४ जनालाइ जाँच गरिएको छ । तथ्यांकअनुसार बिदेशबाट काम गरेर फर्किएका ९६ जनामा पोजेटिभ देखिएको छ ।
गम्भीर प्रकारका एचआईभी पोजेटिभ लक्षण देखिएकाहरूमध्ये पछिल्लो ५ वर्षमा महोत्तरीमा ३० जनाको मृत्यु भएको छ । इन्चार्ज राजिप पाठकको अनुसार यो वर्षमा मात्र एचआईभीका कारण ७ जनाको मृत्यु भएको छ ।
पाँच वर्षको तथ्यांकमा सबैभन्दा बढी जलेश्वर नगरपालिकामा ४४ जना संक्रमित रहेका छन् । जिल्लाभरि खुलेका होटल र उक्त होटलमा लुकिछिपी चलाइने यौन व्यवसायका कारण एचआईभी संक्रमण भएर मृत्यु हुनेको संख्या बढेको जानकारहरू बताउँछन् ।
एआरटी सेन्टर जलेश्वरको अनुसार पिपरामा १६ जना, मनरासिस्वा नगरपालिकामा २१ जना, बल्वामा १२ जना, सम्सीमा ३६ जना, सोनामामा १५ जना, लोहारपट्टीवाट १५ जना, रामगोपालपुरमा २२ जना, एकडारमा १७ जना, मट्टीहानीमा २६ जना, औरहीमा १० जना, महोत्तरीमा १९ जना, भंगाहामा १८ जना, गौशालामा १२ जना र बर्दिबासमा १५ जना एचआईभी संक्रमित छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij