Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

हराएको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका

हराएको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका

  • 449
    SHARES
  • हराएको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका

    काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी रानाले लेतेमा दुर्घटना भएको आशंका गरिएको बताए । उनकाअनुसार शंका गरिएको उक्त ठाउँमा उद्दार टोली पनि पठाइएको छ ।

    आइतबारपोखराबाट जोमसोमका लागि उडेको उक्त विमान १०ः१० बजेबाट सम्पर्कविहीन भएको थियो ।  नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले विमान सम्पर्कमा नआएको जानकारी दिए ।

    उक्त विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको जनाइएको छ । पोखराबाट ९ः५५ बजे उडेको उक्त विमान १०ः१५ मा जोमसोम विमानस्थल अवतरण गर्नुपर्ने भएपनि अहिलेसम्म अवतरण गरेको छैन ।

    उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापासहित १३ नेपाली, ४ भारतीय र २ अन्य देशका नागरिक सवार रहेको जनाएको छ ।

    त्यस्तै यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

    यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij