वेबटिभी खबर
काठमाडौं । कास्कीको पोखराबाट जोमसोम जाने क्रममा मुस्ताङको लेतेबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान धौलागिरी हिमाल क्षेत्रमा दुर्घटना भएको अनुमान गरिएको छ ।
सम्पर्कविहीन विमान चालक दलका सदस्यको मोबाईल ट्रयाक गर्दा धौलागिरी हिमाल क्षेत्रतर्फदेखाएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासन प्रमुख देवेन्द्रराज पाण्डेले जानकारी दिए ।
उनकाअनुसार नेटवर्कको समस्याका कारण चालक दलका सदस्यको मोबाईलमा निरन्तर ट्रयाक भने गर्न सकिएको छैन । नेपाल टेलिकमको सहयोगमा मोबाइल ट्रयाक गर्दा उक्त क्षेत्रको लोकेशन देखाएको उनको भनाइ छ ।
नेपाल प्रहरी र सेनाको उद्दार टोलीलाई पनि त्यसतर्फ पठाएको र सेनाको हेलिकोप्टर मार्फत पनि खोजी गर्ने प्रयास भइरहेको उनले बताए । घटनाबारे थप विवरण आउँन बाँकी रहेको उनले बताए । उक्त विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको जनाइएको छ ।
उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा सहित १३ नेपाली, ४ भारतीय र २ अन्य देशका नागरिक सवार रहेको जनाएको छ ।
यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।
यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij