वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसहित नवनिर्वाचित पदाधिकारीहरूले आज पद तथा गोपनीयताको सपथ लिएर पदभार सम्हाल्ने भएका छन् ।
सोमबार बिहान ११ बजे राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा मेयर साह, उपमेयर सुनिता डंगोल, ३२ वडाकै वडाध्यक्ष र सदस्यहरूले सपथ लिने र त्यसपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ।
वैशाख ३० मा भएको स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार साह मेयर निर्वाचित भएका थिए भने उपमेयरतर्फ नेकपा एमालेबाट सुनिता डंगोल निर्वाचित भएकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij