Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भक्तपुर नगरकार्यपालिका सदस्य निर्विरोध निर्वाचित

भक्तपुर नगरकार्यपालिका सदस्य निर्विरोध निर्वाचित

  • 358
    SHARES
  • भक्तपुर नगरकार्यपालिका सदस्य निर्विरोध निर्वाचित

    काठमाडौं । भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडा सदस्यहरूमध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

    नगरपालिकाको नगरकार्यपालिका सदस्यमा वडा नं-३ मा सुनिता अवाल (प्रजापति), वडा नं-५ मा  कृष्णप्यारी भुजू, वडा नं-६ मा रोशनमैयाँ सुवाल, वडा नं-७ मा रञ्जना त्वाती र वडा नं-९ मा छोरीमैयाँ सुजखु प्रजापति निर्विरोध निर्वाचित भएका छन् ।

    भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लिन स्विप गरेको थियो । यसैबीच नवनिर्वाचित नगर कार्यपालिका सदस्यहरूले आजै शपथ ग्रहण गरेका छन् ।

    सो अवसरमा नगरप्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्यपालिका सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै कार्यपालिकाले पूर्णता पाएसँगै छिट्टै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढंगले काम गर्ने बताइन् ।

    नगरपालिकाले सस्तो लोकप्रियताका लागि नभई भक्तपुर नगर र नगरवासीहरूको सन्तुलित विकास र आर्थिक जीवनस्तर उकास्ने ढंगले काम गर्दै आइरहेको बताउँदै उनले जनतासँग एकाकर भई काम गर्न सके जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सफल हुनेमा विश्वास व्यक्त गरिन् ।

    उपप्रमुख रजनी जोशीले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता एकएक गरी पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यकाल अझ सफल र उपलब्धिमूलक हुने ढंगले काम अगाडि बढाउने बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij