Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

  • 547
    SHARES
  • हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुईवटा पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।

    एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए ।

    पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उनले बताए ।

    अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकोप्टर र हवाई जहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij