Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कर्मचारीको तलबवृद्धि न्यायोचित भएन : सांसद पाण्डे

कर्मचारीको तलबवृद्धि न्यायोचित भएन : सांसद पाण्डे

  • 26.1K
    SHARES
  • कर्मचारीको तलबवृद्धि न्यायोचित भएन : सांसद पाण्डे

    काठमाडौं । नेकपा एमालेका सांसद सुरेन्द्रप्रसाद पाण्डेले कर्मचारीको तलब १५ प्रतिशतका दरले समान रूपमा बढ्नु न्यायोचित नभएको बताएका छन् ।

    images

    बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले महंगीको हिसाबमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने ठीकै भए पनि सबै वर्गका कर्मचारीहरूको समान रूपमा तलबवृद्धि हुनु न्यायोचित नभएको बताएका हुन् ।

    पूर्वअर्थमन्त्रीसमेत रहेका उनले यसरी समान रूपमा तलबवृद्धि गर्नु समाजवादउन्मुख हुनु हो भन्ने प्रश्न समेत गरे ।

    ‘तलब बढायौँ १५ प्रतिशत । ठीकै होला कर्मचारीको महंगीको हिसाबले । तर विगतभन्दा हामीले के कुरा ख्याल गरेनौँ भने फ्ल्याट रेटमा १५ प्रतिशत बढाउँदा तल्लो वर्गका कर्मचारीहरू र माथिल्लोले एउटै दरमा प्राप्त गर्दा यो न्यायोचित भयो त ? यो समाजवादउन्मुख भयो ? विगतमा यस ढंगले हामीले गर्ने गर्दथ्यौँ ? कहीँ पनि म त्यो देख्दिनँ । यो न्यायोचित वितरण त भएन होला । बजेटका उद्देश्यमाथि नै यत्रो धेरै व्याख्या गर्दाखेरीमा पनि यो चिजप्रति कतै पनि मेरो त्यहाँ सहमति हुन सकेन । मेरो मनले मानेन’, उनले भने ।

  • सम्बन्धित विषय:

  • # कर्मचारी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology