Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

  • 403
    SHARES
  • मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

    काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ ।

    मंगलबार साँझ सम्पन्न चारवटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरी गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिए ।

    महिला सदस्यतर्फ नेपाली कांग्रेसकी उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी भए भने दलित एवम् अल्पसंख्यकतर्फ जसे सार्की र सरोज परियार विजयी भएका छन् ।

    माओवादी केन्द्रबाट बालकृष्ण परियार विजयी भएका छन् । विजयी कार्यपालिका सदस्यलाई निर्वाचत अधिकृत मैया कँडेलले प्रमाणपत्र प्रदान गरे भने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सपथ ग्रहण गराए ।

    चाँगुनारायण नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेमकिपाको उम्मेदवार विजयी भएका छन् ।

    विजयी हुनेमा कांग्रेसको तर्फबाट महिला सदस्यमा निर्मला केसी, पूजा बर्देवा, सीतादेवी दाहाल लामिछाने, दलित एवम् अल्पसंख्यकतर्फ दधिराम धिमाल र नेमकिपाको तर्फबाट महिलातर्फ कमला भारती गिरी, अल्पसंख्यकतर्फ जीवन नेपाली र युवराज सार्की बयरकोटी तथा राप्रपाबाट सोनु विश्वकर्मा रहेको नेपाली कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीले जानकारी दिए ।

    निर्वाचित सदस्यलाई चाँगुनारायणका निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले प्रमाणपत्र प्रदान गरे भने नगर प्रमुख जीवन खत्रीले शपथ ग्रहण गराएका थिए ।

    यस्तै, सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । कार्यपालिका सदस्य महिलामा कमला पोखरेल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, सावित्री मिश्र र दलित एवम् अल्पसंख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, सुनिल भुजेल निर्वाचित भएको सूर्यविनायक नगरपालिका-७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।

    विजयी सदस्यलाई निर्वाचत अधिकृत सरिताकुमारी खतिवडाले प्रमाणपत्र प्रदान गरे भने नगर प्रमुख वासुदेव थापाले शपथ ग्रहण गरेका थिए ।

    त्यसैगरि भक्तपुर नगरपालिकाको नगर कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सुनिता अवाल (प्रजापति), कृष्णप्यारी भुजू, रोशनमैया सुवाल, रञ्जना त्वाती, छोरीमैया सुजखु प्रजापति छन् ।

    दलित तथा अल्पसंख्यकमा उम्मेदवारी नपरेको बताइएको छ । निर्वाचित सदस्यलाई नगर प्रमुख सुनिल प्रजापतिले शपथ गराएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij