Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

दुई वटा सालका रुख काट्नेलाई एक करोड जरिवाना 

दुई वटा सालका रुख काट्नेलाई एक करोड जरिवाना 

  • 926
    SHARES
  • दुई वटा सालका रुख काट्नेलाई एक करोड जरिवाना 

    काठमाडौं । भारतको मध्यप्रदेशस्थित सिंघोरी वन अभ्यारण्यमा दुई वटा रुख काटेको आरोपका लागेका छोटेलाललाई बम्होरी वन विभागले एक करोड २१ लख सात हजार सात सय भारु जरिवाना तोकेको छ । यी दुवै रुख सालका थिए । 

    images

    विभागले एउटा रुखको उमेर ५० वर्ष मानेर जरिवानाको हिसाब गरेको हो । आरोपीले सन् २०२१ को जनवरीमा अभ्यारण्यमा दुई वटा रुख काटेका थिए । ती रुख काटेपछि उनी फरार भएका थिए । 

    बम्होरी वन परिक्षेत्र अधिकारी महेन्द्रकुमार पलेचाले निर्देशक जनरल इन्डियन काउन्सिल अफ फरेस्ट ट्रि रिसर्च एन्ड एजुकेशनका अनुसार ५० वर्षको उमेरसम्म एउटा रुखले ५२ लाख ४०० रुपैयाँको सुविधा प्रदान गर्न सक्ने भएकाले ती व्यक्तिलाई त्यहीअनुसार जरिवाना तोकिएको बताए । 

    रुखले उक्त अवधिमा ११ लाख ९७ हजार ५०० रुपैयाँको अक्सिजन प्रदान गर्ने र २३ लाख ६८ हजार ४ सय रुपैयाँ बराबरको वायुप्रदुषण नियन्त्रण गर्ने साथै १९ लाख ९७ हजार ५०० मूल्यको भूक्षय नियन्त्रण एवं उर्वरता बढाउनमा सहयोग गर्ने निष्कर्ष निकालिएको छ । एउटा रुखले बाढी, कटान रोक्ने, पानीलाई रिसाइकिन गर्नमा ४ लाख ३७ हजारको सहयोग गर्छ । यसरी विभिन्न प्रकारले दुई वटा रूख काट्दा एक करोड २१ लख सात हजार सात सय भारू क्षति पुगेकाे आकलन गरिएकाे हाे । 

     

     

  • सम्बन्धित विषय:

  • # भारत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology