Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

चिलीमा फेला पर्‍यो ५ हजार वर्ष पुरानो रुख

चिलीमा फेला पर्‍यो ५ हजार वर्ष पुरानो रुख

  • 571
    SHARES
  • चिलीमा फेला पर्‍यो ५ हजार वर्ष पुरानो रुख

    सान्टियागो । एउटा नयाँ अध्ययनपछि दक्षिणी चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला परेको छ । उक्त रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ । आफूहरूले निकालेको नमूना र मितिका विधिले रूख ५ हजार ४ सय ८४ वर्ष पुरानो देखिएको अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक जोनाथन बारिचिभिचले बताए ।

    images

    रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर मोडेलबाट पत्ता लगाइएको हो । ठूलो फेदका कारण वैज्ञानिकहरूले रुखको वास्तविक उमेर निर्धारण गर्न नसेकेको बताइएको छ । एलर्स मिलेनारियोसमेत भनिने सो रुखलाई प्याटागोनियन साइप्रस भनिएको छ । यसअघि क्यालिफोर्नियाको एउटा सल्लालाई अहिलेसम्मकै पुरानो रुख बताइएको थियो । सो रुख ४ हजार ८५३ वर्ष पुरानो मानिन्छ ।

    चिलीका पूर्ववातावरणमन्त्री तथा हाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानलका सदस्य माइसा रोजासले रुख फेला परेको विषयलाई ‘अद्भुत वैज्ञानिक खोज’ भन्दै त्यसको प्रशंसा गरेका छन् ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology