Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

संघ, प्रदेश र स्थानीय तहबीच अन्तर कर्मचारी प्रथम फुटसल टुर्नामेन्ट हुने

संघ, प्रदेश र स्थानीय तहबीच अन्तर कर्मचारी प्रथम फुटसल टुर्नामेन्ट हुने

  • 738
    SHARES
  • संघ, प्रदेश र स्थानीय तहबीच अन्तर कर्मचारी प्रथम फुटसल टुर्नामेन्ट हुने

    लमजुङ । लमजुङका संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरू एक आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

    images

    सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल –सिडेनले अन्तर कर्मचारी फुटसल खेलको आयोजना गरी  तीनै तहका कर्मचारीहरूलाई आम्नेसाम्ने हुने वतावरण मिलाएको हो ।

    यही २१ जेठमा बेसीशहरस्थित फुटसलमा कार्यक्रमको आयोजना गरी  तीनै तहका कर्मचारीहरूप्रति मैत्रिपूर्ण भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल–सिडेनका कार्यक्रम संयोजक अच्यूत न्यौपानेले बताए ।

    प्रतियोगिताको विजेताले खसी मेडल, कप र प्रमाणपत्र पाउनेछ भने दोश्रो हुनेले बोका मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले जनाएको छ ।

    प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद एक हजारको साथमा प्रमाणपत्र र सर्वाधिक गोलकर्तालाई नगद एक हजारका साथ प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको अनुशासित टिमलाई नगद ३ हजारका साथमा सम्मानपत्र दिइने आयोजकले जनाएको छ ।  

  • सम्बन्धित विषय:

  • # कर्मचारी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology