वेबटिभी खबर
रसुवा । स्थानीयस्तरमै निःशुल्क आँखाको उपचार सेवा पाएपछि रसुवाका स्थानीयवासी खुसी भएका छन् ।
कालिका गाउँपालिका-२ का वडाध्यक्ष उमेशबहादुर न्यौपानेका अनुसार शिविरको माध्यमबाट तिलगंगा आँखा केन्द्र काठमाडौं, सामुदायिक आँखा केन्द्र एवम् रेडक्रस रसुवाले दक्षिणी रसुवाको कालिका स्थानमा मोतियाबिन्दुको शल्यक्रिया निःशुल्क गरेपछि स्थानीय खुसी भएका हुन् ।
निःशुल्क स्वास्थ्य शिविरमार्फत मोतियाबिन्दु भएका ५८ जनाकाे सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको रेडक्रसका सभापति बाबुलाल तामाङले बताए । साथै थप एक जनाको आँखामा पलाएको मासु शल्यक्रिया गरेर हटाइएको छ ।
शल्यक्रिया सम्पन्न गराउन कालिका गाउँपालिका-२ तथा कालिका युवा क्लबले सहयोग गरेका थिए । आँखाको शल्यक्रिया गर्न लाखौं बोकेर काठमाडौं जानुपर्ने समस्या हल गर्दै स्थानीयस्तरमा निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापनमार्फत आँखाको शल्यक्रिया गर्न पाउँदा सेवाग्राही खुसी भएको शल्यक्रिया गराएका स्थानीय कालिका गाउँपालिका-२ निवासी कुलप्रसाद घिमिरेले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij