Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जनकपुरधाम कार्यपालिका सदस्यमा कांग्रेसका ६ र एमालेका २ जना निर्वाचित

जनकपुरधाम कार्यपालिका सदस्यमा कांग्रेसका ६ र एमालेका २ जना निर्वाचित

  • 500
    SHARES
  • जनकपुरधाम कार्यपालिका सदस्यमा कांग्रेसका ६ र एमालेका २ जना निर्वाचित

    जनकपुर । जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका ६ र नेकपा एमालेका २ उम्मेदवार निर्वाचित भएका छन् ।

    कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा कांग्रेसबाट राकेशविक्रम साह र एमालेबाट सन्तोषकुमार महतो र दीपेन्द्रकुमार साह निर्वाचित भएका छन् ।

    महिला सदस्यमा नेपाली कांग्रेसकी फूलकुमारी देवी, मनिषाकुमारी देवी, सारदा पन्त, शैलकुमारी चौधरी र संजू देवी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    नगरपालिकामा निर्वाचित भएका महिला सदस्यमध्ये पाँच महिला र बाहिरबाट तीन गरी आठ जनालाई कार्यपालिका सदस्यमा राख्ने प्रावधान रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij