वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन् ।
साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् ।
उनले भने, ‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ ।’
गाडीहरूको स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुने उनको भनाइ छ । सुरक्षा पहिलो मुद्दा हुने भएकाले अध्ययन बिना साइकललेन बनाउन नसकिने उनले बताए ।
हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij