Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

  • 652
    SHARES
  • अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालसँग शनिबार भेटवार्ता गरेका छन् ।

    ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा संघीय संसदमा पेस भएको आगामी आर्थिक वर्षको बजेट, सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयक, स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको जनाइएको छ ।

    सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेकामा  त्यसबारे पनि छलफल भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij