Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

मौसम : अधिकांश स्थानमा वर्षा र बदली

मौसम : अधिकांश स्थानमा वर्षा र बदली

  • 369
    SHARES
  • मौसम : अधिकांश स्थानमा वर्षा र बदली

    काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। 

    सोही प्रभावका कारण प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    आइतबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भू-भागमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सोही प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सोमबार पनि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशसहित मधेश प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij