Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

'गाडीले लाँदैन कि क्या हो !'

'गाडीले लाँदैन कि क्या हो !'

  • 325
    SHARES
  • 'गाडीले लाँदैन कि क्या हो !'

    काठमाडौं । काठमाडौंको पुरानो र नयाँ बसपार्कमा यतिबेला उपत्यकाबाट बाहिरिने यात्रुको भीड बढेको छ । यात्रुको भीड बढेसँगै सवारी साधनको अभाव देखिएको छ । 

    बिहीबारदेखि १५ दिनका लागि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी हुने भएकाले विभिन्न पेशा व्यवसाय र अध्ययन गर्दै बसेका सर्वसाधारण गृहजिल्ला फर्कने तयारी छन् । घर फर्कनको भीड अहिले बसपार्कमा सवारी खोज्न व्यस्त छ । 

    यात्रु बढी सवारी साधन कम हुँदा टिकट काटेका यात्रुले पनि यातायातको सुविधा पाउन सकेका छैनन् ।

    ‘आज इटहरी जानका लागि गौशालाको काउण्टरमा हिजो नै १ हजार ४ सय तिरेर टिकट काटें तर २ बजीसक्यो बस आइपुगेको छैन । काउण्टरमा फोन गर्दा भरपर्दो जवाफ दिँदैनन्,’ कोटेश्वर बस्दै आएकी धरानकी सुनिता विश्वकर्माले भनिन्, ‘बसपार्कमा मान्छेको भीड यत्रो छ, गाडीहरू एकदम कम छन् । खै गाडीले लाँदैन कि क्या हो !’

    bus1.jpg

    शैक्षिक संस्था, बजार, पसल बन्द हुने र कलकारखाना पनि निषेधाज्ञा अवधिभर नचल्ने हुँदा कामदार कटौती गर्ने भएपछि  उपत्यका छोड्ने बढेका हुन् ।  

    उपत्यकाका कोटेश्वर, बल्खु, कलंकी, सीतापाइला, चाबहिल, गौशाला र सुन्धारामा रहेका सार्वजनिक यातायातका टिकट काउण्टरमा यतिबेला घर फर्किने सर्वसाधारणको भीड छ । 

    ‘१२ बजे नै बस चढ्नलाई बोलाइएको थियो, तर २ बज्दा पनि बसले सम्पर्क गरेको छैन,’ चाबहिलमा बस्दै आएका झापाका सुरेश न्यौपानेले भने, ‘कसै गरी घर त जानु छ,  हेरौं कसरी जाने हो !’

    bus2.jpg

    बसपार्कमा वृद्धवृद्धा, बालबालिका, विभिन्न अस्पतालबाट उपचार गराएर घर जान थालेका र फरक क्षमताका यात्रुहरूको समेत उपस्थिति छ । तर उनीहरूले घर फर्किनका लागि बस पाइरहेका छैनन् । 

    महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी नायव निरीक्षक कृष्ण पौडेल नागढुंगामा जाम भएकाले बिहानै काठमाडौं आइपुग्नुपर्ने बसहरू आइनपुगेको बताउँछन् ।

    ‘आज बिहानैदेखि काठमाडौंबाट बाहिरिने सवारीहरूको संख्या बढेकाले नागढुंगा नाकामा ट्राफिक जाम बढेको छ । त्यसैले उताबाट आउने बसहरु आइपुग्न ढिलो भएको हो,’ पौडेलले भने ।

    bus3.jpg

    यातायात व्यावसायीले भने आवश्यक संख्यामा बसहरू बसपार्कमा रहेको बताएका छन् ।

    ‘दुई दिनमा उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्यामा अत्यधिक वृद्धि भएको छ । जसले गर्दा बस पाउन केही समस्या भएको हुनसक्छ,’ नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव पुण्य सिटौला ‘सरोज’ले भने, ‘टिकट काटेका यात्रुलाई तोकिएकै समस्यामा हामी गन्तव्यमा पुर्याउन लागी परेका छौं ।’

    व्यावसायीहरूले यात्रुबाट पुरा भाडा लिएर टिकट दिए पनि पर्याप्त बस नहुँदा यात्रुहरू कसरी गन्तव्यमा पुग्ने भन्ने चिन्तामा छन् ।

    ‘आज बिहानैदेखि काठमाडौंबाट बाहिरिने सवारीहरूको संख्या बढेकाले नागढुंगा नाकामा ट्राफिक जाम बढेको छ । त्यसैले उताबाट आउने बसह आइपुग्न ढिलो भएको हो,’ पौडेलले भने ।

    यता यातायात व्यावसायीले भने आवश्यक संख्यामा बसहरू बसपार्कमा रहेको बताएका छन् । ‘दुई दिनमा उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्यामा अत्यधिक वृद्धि भएको छ । जसले गर्दा बस पाउन केही समस्या भएको हुनसक्छ,’ नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव पुण्य सिटौला ‘सरोज’ले भने, ‘टिकट काटेका यात्रुलाई तोकिएकै समस्यामा हामी गन्तव्यमा पुर्याउन लागी परेका छौं ।’

    bus4.jpg

    उपत्यकाबाट आजमात्रै एक लाख यात्रु बाहिरिने अनुमान

    उपत्यकाका तीन जिल्लाबाट मंगलबार दिनभरमा ५२ हजार १ सय नब्बे जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ ।

    सार्वजनिक तथा निजी सवारी साधनमा ती संख्याका यात्रुले उपत्यका छोडेका हुन् ।

    सरकारले स्थानीय तहको समन्वयमा बढी भिडभाड हुने स्थानमा सर्वसाधारणलाई कोरोना संक्रमणबाट बच्नका लागि सचेतना गर्ने बताए पनि काठमाडौं महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रमा कुनै सक्रियता देखाएको छैन ।

    ‘२ दिन भयो नयाँ बसपार्कमा अत्यधिक भीड बढेको छ । यस्तोबेला यात्रुहरू आफैं सचेत हुनुपर्ने हो तर त्यस्तो पाइएको छैन,’ महानगरको २६ नम्बर वडाका अध्यक्ष ख्यामराज तिवारीले वेबटिभी खबरसँग भने, ‘हिजो हामीले माइकिङ गरेर भीडघाड नगर्न र अनिवार्य रूपमा मास्क प्रयोग गर्न यात्रुलाई सुचित गर्यौं, तर हाम्रो निर्देशन उहाँहरूले मान्नु भएको छैन ।’

    भोलिदेखि निषेधाज्ञा हुने भएकाले बसपार्कको भीड आजसम्म मात्र कायम हुने देखिएकाले थप कडाइ नगरिएको वडाध्यक्ष तिवारीले बताए ।

    bus6.jpg

    महाशाखाले मंगलाबार उपत्यकाबाट बाहिरिनेको तथ्यांक संकलन गरे पनि आज उपत्यकाबाट बाहिरिने यात्रुको संख्या सार्वजनिक गरेको छैन ।

    ‘आज उपत्यकाबाट कति यात्रु बाहिरिए भन्ने तथ्यांक भरे रातिसम्ममा आइपुग्छ । १ लाख देखि १ लाख २० हजारसम्म यात्रु आज उपत्यकाबाट बाहिरिने देखिएको छ । तर तथ्यांक नआई भन्न सकिँदैन,’ महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता श्यामकृष्ण अधिकारीले भने ।

    bus7.jpg

    bus8.jpg

    bus10.jpg

     

    bus11.jpg

     

    bus13.jpg

     

    bus15.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology