वेबटिभी खबर
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ धारापानीमा बुधबार साँझ स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ऋषिङ-४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ऋषिङ-४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij