Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जिसस लमजुङको प्रमुखमा पूर्णबहादुर गुरुङ र मुरली कुमालको उम्मेदवारी

जिसस लमजुङको प्रमुखमा पूर्णबहादुर गुरुङ र मुरली कुमालको उम्मेदवारी

  • 528
    SHARES
  • जिसस लमजुङको प्रमुखमा पूर्णबहादुर गुरुङ र मुरली कुमालको उम्मेदवारी

    काठमाडौं । जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा एमालेबाट पूर्णबहादुर गुरुङ र गठबन्धनबाट नेपाली कांग्रेसका मुरली कुमालको उम्मेदवारी परेको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मनोनयनमा प्रमुखमा गुरुङ र कुमालको उम्मेदवारी परेको हो ।

    जिल्ला समन्वय समिति लमजुङको उपप्रमुखमा भने नेकपा एमालेको तर्फबाट बुनाकुमारी रिमाल निर्विरोध भएकी छन् भने सदस्यमा पनि एमालेको  मात्र उम्मेदवारी परेपछि सबै सदस्य निर्विरोध भएका छन् ।

    समन्वय समितिको खुला सदस्यमा मध्यनेपालका मोहनबहादुर गुरुङ, बेसीशहरका केशरबहादुर खत्री, दोर्दीका शेरबहादुर बोगटी, महिला सदस्यमा मर्स्याङ्दीबाट वविता मजाकोटी, सुन्दरबजारबाट विमला खड्का, मध्यनेपालबाट शारदा शाखी र अल्पसंख्यकबाट सुन्दरबजारका गमबहादुर दुराको मनोनयन मात्र परेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

    आठ वटा स्थानीय तह रहेको जिल्लामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरि १६ जनामा एमालेले नौ सिटमा विजयी हासिल गरेको जिल्ला समन्वय समिति नेकपा एमालेको एकल बन्ने निश्चित छ ।

    लमजुङमा नेकपा एमालेले बेसीशहर नगरपालिका, मर्स्याङ्दी गाउँपालिका र क्ब्होलासोंथरमा प्रमुख, उपप्रमुख, दोर्दी गाउँपालिकामा अध्यक्ष, सुन्दरबजार र मध्यनेपालमा उपप्रमुखमा विजयी हासिल गरि ९ सिट हासिल गरेको छ भने गठबन्धनले ७ सिट मात्र हासिल गरेको छ ।

    जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रावधान छ । २०७४ मा पनि जिल्ला समन्वय समिती लमजुङमा एमालेको नै बहुमत रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij