Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा ईसा कहाँबाट आयो ?

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा ईसा कहाँबाट आयो ?

  • 990
    SHARES
  • शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा  ईसा कहाँबाट आयो ?

    काठमाडौं । एमाले सांसद् डा.भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारकाे संलग्नता रहेको आशंका गरेका छन् । नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै यसअघि पनि बारम्बार संसदमासमेत आवाज उठिरहेको छ ।

    images

    बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद रावलले धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नता रहेकाे आशंका गरेका हुन् । पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै उनले शिक्षामन्त्रीलाई यो कहाँबाट आयो ? भन्दै प्रश्न गरेका हुन् ।

    पाठ्यक्रममा ईसा लेख्न शिक्षामन्त्रीले आर्थिक लाभसमेत लिएको आरोप रावलले लगाएका छन् ।

    उनले भने, ‘पाठ्यक्रममा के लेखिएको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ । धर्मनिरपेक्ष भनिएको होइन देश मैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिए । ल कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएन ? कहाँबाट ईसा आयो ? यो शिक्षामन्त्रीजीलाई थाहा छ ?’

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology