Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

तल्ला तहका कर्मचारीको तलब बढाउन आयोग गठन गर्ने सरकारको तयारीबारे कसले के भने ?

तल्ला तहका कर्मचारीको तलब बढाउन आयोग गठन गर्ने सरकारको तयारीबारे कसले के भने ?

  • 6.5K
    SHARES
  • तल्ला तहका कर्मचारीको तलब बढाउन आयोग गठन गर्ने सरकारको तयारीबारे कसले के भने ?

    काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा राष्ट्रसेवक कर्मचारीको हाल कायम रहेको तलबमा १५ प्रतिशत बढाइएपछि तल्लो तहका कर्मचारी रुष्ट बनेका छन् ।

    images

    खासगरी विद्यालयका कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ताहरू रुष्ट बनेका हुन् । १५ प्रतिशत तलब तल्लो तहका कर्मचारीमा लागु हुने वा नहुने  विषयमा अर्थमन्त्रालयले प्रस्ट पारेको छैन । 

    त्यसो त अर्थमन्त्रालयले राष्ट्रसेवक कर्मचारीहरूको न्यूनतम तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधाको अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा आयोग गर्ने भनेको छ ।

    आयोग कहिले र कसको नेतृत्वमा गठन गर्ने त्यसबारे पनि मन्त्रालयले प्रस्ट पारेको छैन । तलब बढ्ने आशा व्यक्त गरेका कर्मचारी र शिक्षक यतिखेर अन्योलमा छन् । 

    के भन्छन् कर्मचारी र शिक्षक ?

    अनुष्का लिम्बु– हामीहरूको श्रम शोषण गरिएको छ । जुन जोगी आए पनि कानै चिरेका ।

    रञ्जना श्रेष्ठ– महंगीभत्ता पनि चाहिन्छ ।

    सीता विष्ट–प्राथमिक तहका शिक्षक सरह इसीडी शिक्षकको सेवासुविधा होस् र स्थायी प्रक्रियामा लगियोस् ।

    सविता पोखरेल बास्तोला–शिक्षाको जग नै बलियो नभइ कसरी देश विकास हुन्छ ? सोच्नु पर्ने भयो ।

    रजनी सापकोटा– किन बालविकास र विद्यालय कर्मचारीलाई तलब बढाउन आयोग गठन गर्नुपर्ने ?

    खिलराज बस्नेत–अर्थमन्त्रीज्यू, साँच्चै तलब बढाउन आयोग बनाउन पर्छ र ? 

    राजकुमार महतो– बजेट भाषणभन्दा पहिले जुन ज्ञापनपत्र बुझाइएको थियो त्यो हेरेनन् ?  कस्तो अन्धो मान्छे ?

    खगेन्द्र गिरी– जो पीडित छन् उनीहरूका लागि आयोग चाहिने ? कस्तो खालको कानुन हो ? केही बुझिएन ।

    कुलवीर शाही– यस्तै झुटा आश्वासन दिएर कति वर्ष झुलाउने हो ? श्रमशोषण गर्न अझै पुगेको छैन र ?

    विक्रम शाही– सोझै तलबवृद्धि गर्ने निर्णय गर्दा भयो नि ! के को नाटक फेरि ?

    याे पनि

    अर्थमन्त्रीलाई पूर्व शिक्षामन्त्री पोखरेलको प्रश्न– इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो कि बढेन ? अर्थमन्त्रीलाई पूर्व शिक्षामन्त्री पोखरेलको प्रश्न– इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो कि बढेन ?  

    शिक्षा मन्त्रालयले भन्यो– इसीडी शिक्षक र विद्यालय कर्मचारीको नयाँ तलब स्केल निर्धारण भएको छैन शिक्षा मन्त्रालयले भन्यो– इसीडी शिक्षक र विद्यालय कर्मचारीको नयाँ तलब स्केल निर्धारण भएको छैन
    यस्ता छन् इसीडी शिक्षकका ८ माग यस्ता छन् इसीडी शिक्षकका ८ माग

    सरकारले इसीडी शिक्षकका माग पूरा नगरे आन्दोलन गर्नुको विकल्प छैन : कृष्णा कुमारी थापा मगर [अन्तर्वार्ता] सरकारले इसीडी शिक्षकका माग पूरा नगरे आन्दोलन गर्नुको विकल्प छैन : कृष्णा कुमारी थापा मगर [अन्तर्वार्ता]

  • सम्बन्धित विषय:

  • # कर्मचारी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology