Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अनुमतिपत्रबिना इन्टरनेट सेवा सञ्चालन गरे कारबाही  

अनुमतिपत्रबिना इन्टरनेट सेवा सञ्चालन गरे कारबाही  

  • 788
    SHARES
  • अनुमतिपत्रबिना इन्टरनेट सेवा सञ्चालन गरे कारबाही  

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

    images

    प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

    दूरसञ्‍चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले कुनै पनि आइएसपी वा इन्टरनेट सेवा प्रदायक कम्पनीले अनुमतिबिना दूरसञ्चार सेवा दिएको पाइए कानुनी कारबाही हुने बताए ।

    ‘कुनै पनि आइएसपी वा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम अनुमतिबिना दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेका छौं। यदि त्यस्तो गरेको पाइएमा कानुनी कारबाही हुन्छ, ’उनले भने ।

    पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचना निकालेको उनले बताए ।

    अनुमतिपत्र विना इन्टरनेट सेवा संचालन नगर्ने/नगराउने सम्वन्धमा
    नेपाल दूरसंचार प्राधिकरणबाट जारी सार्वजनिक सूचना

    सूचना प्रकाशित मिति: २०७९/२/२५

    दूरसञ्चार ऐन, २०५३ को दफा २१ मा कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ। हाल सामाजिक संजालहरुमा अनुमतिपत्र प्राप्त नगरी विपरित स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको संचालन/वितरण सम्बन्धमा विज्ञापन हुने गरेको भन्ने बुझिन आएकोले कोही कसैले पनि अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन नगर्नु/नगराउनु हुन सूचित गरिन्छ।अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन गर्ने/गराउने जस्ता गैरकानूनी कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराउदै यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ।

    अत: सेवाग्राहीहरुलाई भ्रममा नपर्न र नेपाल दूरसंचार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानूनी रुपमा कसैले पनि इन्टरनेट सेवा संचालन गरेको वा वितरण गरको कसैलाई थाहा/जानकारी भएमा तल उल्लिखित ठेगानामा सम्पर्क/सूचित गरिदिनुहुन समेत यसै सूचना मार्फत अनुरोध गरिएको छ |

    नेपाल दूरसञ्चार प्राधिकरण
    अनुगमन महाशाखा
    जमल, काठमाडौँ, नेपाल
    फोन नं. ९७७-१-५३५४७४
    Email: [email protected], URL: www.nta.gov.np

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology