वेबटिभी खबर
जुम्ला । बिहीबार राति अचानक आगलागी हुँदा तिला गाउँपालिका-८ जुम्ला पुरुगाउँको एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११ः३० बजे आगलागी भएको थियो ।
उक्त आगलागीबाट ढुंगा र माटोले बनेको दुईतले घर पूर्णरूपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घरभित्र रहेका भाडा कुडा, लत्ताकपडा, अन्न, २७ वटा खरायो, १० वटा कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगो निभाउने क्रममा नेपाली सामान्य जली घाइते भएका छन् । प्रहरीचौकी रारालिही जुम्ला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा मानवीय क्षति हुन जोगिएको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij