Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

निषेधाज्ञा अटेर गर्ने पाँचसय सवारीसाधनलाई कारबाही [भिडियाे]

निषेधाज्ञा अटेर गर्ने पाँचसय सवारीसाधनलाई कारबाही [भिडियाे]

  • 427
    SHARES
  • निषेधाज्ञा अटेर गर्ने पाँचसय सवारीसाधनलाई कारबाही [भिडियाे]

    काठमाडौं । सरकारले बिहीबारदेखि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा गरे पनि यसको पालना भएको छैन ।

    उपत्यकाका मुख्य चोकहरू कोटेश्वर, बल्खु, कलंकी, नयाँबसपार्क, महाराजगञ्ज, चाबहिल र गौशालामा बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधनको बाक्लो उपस्थिति देखिएको छ ।

    सडकमा अत्यावश्यकबाहेकका सवारी साधन चलेको पाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै ट्राफिक प्रहरी वृत्त र प्रभागहरुलाई अटेर गरी चलेका सवारीलाई होल्ड गर्न निर्देशन दिएको छ ।

    ‘अत्यावश्यकबाहेकका सवारी साधन पनि केही मात्रामा चलेको पाएका छौं । त्यस्ता सवारीलाई हामीले होल्ड गरेका छौं,’ महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रहरी नायव निरीक्षक गोपीराम भण्डारीले वेबटिभी खबरसँग भने, ‘निषेधाज्ञा उल्लंघन गरेर चलेका १ सय १० वटा मोटरसाइकल र ५० वटा चारपांग्रे सवारीलाई होल्ड गरेका छौं ।’ 

    उपत्यकाका तीनवटै जिल्लामा यहाँका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा जारी गरे पनि सडकमा सर्वसाधारण र सार्वजनिक सवारी साधनको उपस्थिति बाक्लै देखिएको छ ।

    सरकारको निर्देशन अटेर गरी आज बिहान ११ बजेसम्म चलेका ५ सय सवारी साधनलाई ट्राफिक प्रहरीले सडकमै होल्ड गराएका छन् । 

    उपत्यकाका विभिन्न प्रभाग र वृत्तहरूले ती सवारी साधनलाई होल्ड गराइएको महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए ।

    जसमा ३ सय ५० वटा बस र १ सय ५० वटा मोटरसाइकल, स्कुटर रहेका छन् । उपत्यकाबाट बुधबारसम्म करिब ५ लाख सर्वसाधारण बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक छ । महाशाखाका अनुसार बुधबारमात्रै करिब १ लाख जना उपत्यकाबाट बाहिरिएका छन्  ।

    यसबाहेक मालबाहक र मोटरसाइकलमा सवार भई बाहिरिने यात्रुको यकिन तथ्यांक महाशाखासँग आइपुगेको छैन ।

    PRO_KTM_LOCKDOWN_20210429IMG_e.jpg

    ktm road..jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology