Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

  • 652
    SHARES
  • आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

    दोलखा । दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    शैलुङ गाउँपालिकामा किराले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । किराले आलु र मकैका पातलाई खादा बोट मर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् ।

    किराले खाएर बोट नै मरेपछि किसानले गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा रोग नियन्त्रणका लागि पटक-पटक गुनासो राख्दै आएका छन् ।

    ज्ञान केन्द्रका शाखा प्रमुख नन्दराज वलीले अहिले किसानलाई प्राविधिक परामर्श र विषादी सहयोग गरेको जानकारी दिए । उनले किरा नियन्त्रणका लागि गोडमेल गर्नुपर्ने,झार उखेलेर गाड्नुपर्ने, गोडमेलमा ध्यान पुर्‍याउनुपर्ने र इमानेटिक बेन्जोयट नामक विषादी प्रयोग गर्नुपर्ने बताए ।

    जिल्लाको उच्च क्षेत्रहरूमा मुख्य पेशाका रूपमा आलुखेती गर्दै आइरहेका छन् । बजार सहजै पाउने र हिमाली क्षेत्रको आलु राजधानी काठमाडौंलगायतका सहरमा धेरै मात्रामा माग भएका कारण किसानले मुख्य खेतीका रूपमा आलु लगाउँदै आएका छन् ।

    जिल्लामा गत वर्ष आलु, मकैलगायत खेतीमा फौजी किराले क्षति पुर्‍याएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij