Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

हेटौँडामा ट्रकले लियो बाबु-छोरीको ज्यान

हेटौँडामा ट्रकले लियो बाबु-छोरीको ज्यान

  • 400
    SHARES
  • हेटौँडामा ट्रकले लियो बाबु-छोरीको ज्यान

    मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ वर्षीय ईश्वर कुमार तामाङ र पछाडि सवार उनकी २६ वर्षीया छोरी अमिना तामाङ रहेका छन् । 

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौँडा अस्पतालमा बेलुकी नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    भरतीय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु–छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे ठक्कर दिएको थियो । 

    दुर्घटना लगतै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij