Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

आइसियू बेड बनाउन अजय देवगनको एक करोड सहयोग 

आइसियू बेड बनाउन अजय देवगनको एक करोड सहयोग 

  • 169
    SHARES
  • आइसियू बेड बनाउन अजय देवगनको एक करोड सहयोग 

    मुम्बई । भारतमा कोरोना भाइरस महामारीबाट प्रभावित व्यक्तिहरुको सहयोगमा बलिउडका धेरै कलाकार अगाडि आएका छन् । हालै अभिनेता अजय देवगनले कोरोना संक्रमितको उपचारका लागि मुम्बईको शिवाजी पार्कमा २० वटा आइसियू बेडको व्यवस्था गरेका छन् । 

    सञ्चारमाध्यामका अनुसार अजय देवगनले बिएमसीलाई २० वटा आइसियू बेड बनाउन करिब एक करोड भारु दिएका छन् । यसभन्दा अगाडि अभिनेता अक्षय कुमार र टिवंकल खन्नाले पनि एक सय अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् । 

    सलमान खानले भाइजान्स किचनबाट खाना बनाएर फ्रन्टलाइन वर्कर्सलाई बाँडेका थिए । सलमान खानबाहेक आयुष्मान खुराना र उनकी पत्नी ताहिरा कश्यपले पनि प्रधानमन्त्री राहत कोषमा सहयोग रकम प्रदान गरेका छन् । शिल्पा सेट्टी, भूमि पेडनेकर, सुष्मिता सेन, क्याटरिना कैफ, विक्की कौशललगायत कलाकारले पनि कोरोना भाइरस महामारीमा पीडित व्यक्तिलाई सहयोग गरिरहेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology