Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

सरकारलाई भीम रावलको प्रश्न–हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ?

सरकारलाई भीम रावलको प्रश्न–हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ?

  • 111
    SHARES
  • सरकारलाई भीम रावलको प्रश्न–हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ?

    काठमाडौं । एमाले सांसद् डा.भीम रावलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिकी भ्रमणलाई लिएर देशको शासकीय व्यवस्थाबारे प्रश्न उठाएका छन् ।

    प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले असारमा प्रधानसेनापतिलगत्तै प्रधानमन्त्रीको अमेरिका भ्रमण हुन लागेको भन्दै शासकीय व्यवस्थाबारे प्रश्न उठाएका हुन् ।

    १२ असारमा प्रधानसेनापति प्रभुराम शर्मा र २८ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुन लागेको विषयमा छलफल गर्न परराष्ट्र र प्रधानमन्त्रीलाई बोलाउनु पर्ने उनकाे भनाइ छ ।

    उनले भने, ‘नेपालको कुटनीति सेनाको हातमा गइसक्यो । प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने रे सम्पुर्ण जिम्मा नेपाली सेनालाई दिएको रे । हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा छौं ?’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology