Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

त्रिशूलीमा बेपत्ता एक मजदुरको शव भेटियो

त्रिशूलीमा बेपत्ता एक मजदुरको शव भेटियो

  • 551
    SHARES
  • त्रिशूलीमा बेपत्ता एक मजदुरको शव भेटियो

    चितवन । पुल निर्माणका क्रममा भाँचिदा बेपत्ता भएका अर्का एक जनाको शव आज भेटिएको छ । भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको हो ।

    भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँचिदा दुई बेपत्ता भएका थिए । बेपत्तामध्ये अर्को एक जनाको बुधबार शव भेटिएको थियो ।

    निर्माणाधीन अवस्थामा रहेको पुलमुनि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार शवलाई गोताखोरका टोलीले निकाली भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # मजदुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij